बुधवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
२०७९ असार २७ गते

पोखरा । गण्डकी प्रदेश सरकारले असार २९ गते बुधवार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।
आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित









