चितवनमा बस मर्मत गर्ने क्रममा किचेर सहचालकको मृत्यु
२०७९ असार २६ गते

चितवन । बस मर्मत गर्नेक्रममा चालकले बस चलाइदिँदा सहचालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका २५ शुक्रनगरमा ना ५ख ९६७ नम्बरको बस मर्मत गरिरहेका सहचालक भरतपुर २४ बस्ने २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सहचालकले बस मर्मत गरिरहेको अवस्थामा बसका चालक भरतपुर २७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा सहचालक किचिएका थिए ।
बसले किचेपछि गम्भीर घाइते भएका नेपालीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
२०७९ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








