मादीमा थुनियो क्यादुखोला

पोखरा ।  कास्कीको मादी गाउँपालिकास्थित क्यादुखोला थुनिएको छ । वडा नम्बर १ मा पर्ने हुगु गोठ छेउको उक्त खोला मादी नदीको आधा पानीको स्रोत हो । करिब ३ घण्टादेखि खोला पूर्ण रूपमा थुनिएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

थुनिएको खोला एक्कासी फुट्न सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रूपमा बस्न उनले आग्रह गरेका छन् । ‘थुनिएको एक घण्टा भयो । बिस्तारै आफ्नो बाटोमा बग्यो भने असर पर्दैन । एकैपल्ट थुनिएको ड्याम फुट्यो भने क्षति हुन्छ,’ उनले भने, ‘आजलाई सुरक्षित भएर बस्न अनुरोध गर्दछु ।’

अघिल्लो वर्षको असार १ गते क्याबु खोला थुनिएर फुट्दा सोंधाको बस्ती बगाएको थियो । मादी नदीमा हाइड्रोपावर र खोला छेउमा बाक्लो बस्तीहरू समेत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =