सिंहदरबार वैद्यखाना काेषमा रहेकाे एक करोड रूपैयाँ गायब

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले बैंकमा राखेको एक करोड रुपैयाँको कोष नै गायब भएको भन्दै कर्मचारीबीच हल्लीखल्ली मच्चिएको छ ।

समितिको नाममा बैंक अफ काठमाडौँ लुम्बिनीमा राखिएको रु एक करोड गायब भएको भन्न्दै कर्मचारीबीच हल्लीखल्ली मच्चिएको हो ।

बैंकको मुद्दती खातामा राखिएको रकम कहाँ गयो भन्नेबारेमा जानकारी माग गरे पनि व्यवस्थापनले जवाफ दिएका छैनन् ।

अवकाश कोषमा राख्ने भनिएको रु एक करोड एनआइसी एसिया बैंकमा स्थानान्तरण गरी गायब बनाइएको कर्मचारीको गुनासो छ । समितिका पूर्व निमित्त कार्यकारी निर्देशक डा. सबरी साह आफू आउनुभन्दा अघिको घटना भएकाले आफूलाई रु एक करोडका विषयमा थाहा नभएको बताउँछन् ।

समितिका लेखा अधिकृत रामप्रवेशप्रसाद जयसवाल भने रु एक करोड स्थानान्तरण गरी कार्यालयका नियमित काममा खर्च गरिएको दाबी गर्छन् ।

त्यसबेला आफू लेखा अधिकृतको जिम्मेवारीमा नभएकाले यसको विस्तृत जानकारी भने आफूसँग नभएको उनको भनाइ छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =