सुनको मूल्य तोलामा ४०० ले बढ्यो
मकालु खबर
२०७९ असार १३ गते
काठमाडौँ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार साेमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।
मकालु खबर
२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित