कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प
२०७९ असार ९ गते
पोखरा । बिहीबार बिहान कास्कीको लुम्ले आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का पोखरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । क्षतिको विवरण प्राप्त नभएपनि राति सुतेका मानिसहरु उठेर सडकमा निस्किएका थिए ।
यसअघि गत जेठ २८ गते भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प भएको थियो ।

२०७९ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित









