नेप्से मंगलबार ३७ अंकले बढ्यो

काठमाडौँ । लगातार ओरालो लागिरहेको सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार भने उकालो लागेको छ ।

यस दिन सेयर बजार परिसूचक (नेप्से इन्डेक्स) ३७.४९ अंकले बढेर १९२२.३० बिन्दुमा पुगेको हो । यस दिन १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७ सय १४ रुपैयाँमा ३७ लाख ६५ हजार ५ सय १६ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १८९ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन आँधिखोला, सीवाईसी नेपाल लघुवित्त, सप्तकोसी विकास बैंक, सामुदायिक लघुवित्त, रिभर फल्स पावरलगायत कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, यस दिन १३ वटै उपसमूहको सूचक उकालो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *