सरकार-प्रतिपक्षबिच संवादहीनता हुनु लाेकतन्त्रका लागि राम्राे हाेइन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।

मंगलवार काठमाडौँमा पूर्व राजदूतहरूको समूहले आयोजना गरेको अन्तर्क्रियामा ओलीले राष्ट्रियताका विषयमा उठेका विषयमा सरकारले प्रतिपक्ष कुनै छलफल नगरेको बताएका हुन् ।

प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका विषय लोकतन्त्रमा हुन नसक्ने उनले बताए । उनले अबको समय निषेधको नभई सहकार्यको राजनीति हुनुपर्नेमा जोड दिए ।

ओलीले देशको विकास र देशले स्वीकार्यको नीति अनुसार नै अन्य देशहरूसँगको सम्बन्ध अघि बढ्नुपर्ने र त्यसका लागि दलहरूबिच पनि एकता हुनुपर्ने बताए । ओलीले बलिया राष्ट्रसँग हुने सम्झौता एक पटक गरेपछि तोड्न कठिन हुने भन्दै बिचार गरेर सम्झौता गर्नुपर्ने बताए ।

ओलीले अन्य मुलुकसँग देखिएका समस्या समाधानका लागि पनि नेपाल अडिग भएर आफ्नो धारणा स्पष्ट राख्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =