विशिष्ट व्यक्ति सवार हेलिकोप्टरमा २ जना पाइलट हुनुपर्ने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकोप्टर पाइलट राख्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको प्राधिकरण, सञ्चालक समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकलगत्तै सकिएलगत्तै प्राधिकरणले विज्ञप्ति जारी गरी विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णयबारे जानकारी गराएको हो ।

त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोकेबमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ। हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकोप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकोप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ।

हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =