न्याय पाइँदैन भने बरु राज्यले गोली हानोस् !

काठमाडौँ । साहुले तमसुक थमाउँदै २५ कठ्ठा जग्गा हडपेपछि भूमिहीन भएका नवलपरासीका लामसुवक मुसहर राजधानीको माइतीघरमा आन्दोलनरत छन् ।

लामसुवकसँगै ७० जना पीडित न्याय खोज्दै काठमाडौँ आएका थिए तर, आर्थिक विपन्नताका कारण खान, बस्न अफ्ठ्यारो परेपछि अहिले १४ जना मात्र धर्नामा बसी बाँकी आ-आफ्ना गाउँ फर्किएका छन् । नवलपरासीदेखि न्यायका लागि काठमाडौँ आएका उनी काठमाडौँमा झनै अलपत्र परेका छन् घरबाटै बोकेर ल्याएको खाने सामल सकिँदा उनी भोकभोकै धर्ना बस्न बाध्य छन् । आफूजस्तै भूमिहीनको संख्या संयौं रहेको लामसुवक बताउँछन् । ‘भएको जग्गा साहुले बन्द गरेको छ’ उनी भन्छन् ।

उनका साहु नवलपरासीका चार जना दाजुभाई हुन् । सुनिल बानियाँ, जगदिश बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ। बानियाँ दाजुभाईले उनलाई चर्को ब्याजदरमा ऋण दिए । तर, ब्याज त जसोतसो तिर्दै आए पनि साँवा भने तिर्न सकेनन् । साँवा तिर्न नसकेपछि बानियाँ दाजुभाईले उनको जग्गा हडपे । अहिले उनी सोही जग्गा फिर्ताको माग राख्दै सरकार गुहारिरहेका छन् ।

काठमाडौँ आएर धर्ना बस्दा भने सरकारले आफ्नो गुनासो चाँडो सुनिदिन्छ कि भन्ने आशले पीडितहरू भोकभोकै पनि सरकारको ध्यानाकर्षणका लागि चर्को घाममा सडकमा न्याय माग्दै बसिरहेका छन् । उनीहरूले ‘मिटर ब्याजी ठगी बन्द गर, तम्सुक फिर्ता गर’, ‘मिटर ब्याज लिन पाइदैन, जनता मार्न पाइदैन,’, लगायतका नारा बोकेका छन् . भोकभोकै चर्को घाममा धर्ना बसिरहेका पीडितहरू बरु सरकारले गोली हानेर मारोस् तर साहुको तनावले मर्न नपरोस् भनिरहेका छन् ।

यस्ता सैयौंको संख्यामा पीडितहरू छन् जो निरक्षर भएका कारणले साहुबाट ठगिएका छन् हाल माइतीघरमा भने ती सैयौं पीडितको प्रतिनिधित्व गर्दै १४ जना धर्नामा बसिरहेका हुन् ।

न्याय नपाउँदासम्म गाउँ नफर्किने अडान उनीहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =