एसपिपीबारे हामी अलमलमा परेका छौँ : माधव नेपाल (भिडिओ)

काठमाडौँ । सत्तागठबन्धन दलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)का बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफुबीच शनिबार छलफल भएको र एसपिपीका बारेमा प्रधानमन्त्री देउवासंग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारेपनि यसको चर्चापरिचर्चा धेरै भएकाले पुन छलफल गर्ने बताए ।

अध्यक्ष नेपालले राष्ट्रिय अन्यौललाई चिर्दै एसपिपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे । एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यसबिषयमा हंगामा मनाउने दल नै जोडिएको कुरा आएको उनले बताए । त्यस्तै उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राखे ।

नेपालले देशभक्तीको झण्डा र लोकतन्त्रको झण्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट समेत पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =