मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साँझ करिब १० बजे मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका-४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका-१ का २४ वर्षीय हरीबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिँदा ऐडीको नाक, मुख र शरीरमा भित्री चोट लागि घाइते भएको र उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।

प्रहरीका अनुसार ऐडीको शुक्रबार साँझ १०ः४५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ । राती ११:४५ बजे ऐडीको शव शवगृहमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =