खोलाले बगाएर तनहुँमा एकजनाको मृत्यु
२०७९ असार ३ गते

पोखरा । खोलाले बगाउँदा तनहुँमा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो तनहुँको ब्यास ५ रानीटारीमा डुब्दा म्याग्दे ७ का १८ वर्षीय रुपेश विकको मृत्यु भएको हो ।
उनीसँगै गएका १७ वर्षीय विशाल उचैं घाइते छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनीहरू दुवै जना माछा मार्न त्यहाँ पुगेका थिए ।
२०७९ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित









