लागू औषध सहित पक्राउ परेका लाउरेलाई लिएर कास्की प्रहरीले लागू औषध विरुद्धको कार्यक्रम गर्ने

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लामा लागू औषध रोकथाम र नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

यही असार ६ गतेदेखि १२ गतेसम्म पोखरा र लागू औषध बढी कारोबार हुने क्षेत्रमा सचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि नै लागू औषध सहित पक्राउ परेर कारबाही भोगिसकेका चर्चित ¥यापर आसिष राना (लाउरे) लाई अभियन्ता बनाएर सचेतना कार्यक्रम गर्न लागेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।

लाउरेले कास्की प्रहरीको हिरासतमा ५६ दिन बिताएर निस्किएका हुन् । त्यसपछि प्रहरीले लाउरेलाई नै सहयोग लिएर अभियानमूलक कार्यक्रम आयोजना गरेको हो । ‘यो फिल्डमा म परेर मात्रै होइन टरेर पनि निस्केको हुँ । मेरो साथीहरू युवापुस्ता हुन् । उनीहरू लागू औषधमा धेरै फसेका छन् । त्यसैले पनि प्रहरीले मलाई रोजेको होला,’ उनले भने, ‘प्रहरीले सकारात्मक रूपमा ‘ट्रिट’ गर्न सक्यो भने मान्छेहरू राम्रो बन्ने रहेछन् । मलाई पनि प्रहरी दाइहरूले राम्रो मार्गमा हिँड्न प्रेरित गर्नुभयो ।’

लाउरेले अब निरन्तर रूपमा युवालाई कुलतमुक्त बनाउने काममा लाग्ने बताएका छन् । कास्की पछिल्लो समय लागू औषधको ट्रान्जिट बनिरहेको छ । दैनिक जसो लागू औषध कारोबारी यहाँबाट पक्राउ परिरहेका छन् । प्रहरीलाई लागू औषध नियन्त्रण टाउको दुखाइ बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =