बाघले बेपत्ता बनाएको पूर्व म्यादी प्रहरीको शव फेला

 

चितवन । चितवनमा बाघले बेपत्ता बनाएको पूर्व म्यादी प्रहरीको शव फेला परेको छ ।

साथीहरूसँग सामुदायिक वनमा निउरो टिप्न गएकी भरतपुर २७ की पूर्व म्यादी प्रहरी २३ वर्षकी रेखा बस्नेतलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको झन्डै तीन घन्टापछि उनको शव फेला परेको हो ।

उनी साथीहरूसँग निउरो टिप्न राधा कृष्ण मध्यवर्ती सामुदायिक वन गएकी थिइन् ।
चितवन प्रहरीका अनुसार बाघले मान्छे खाइरहेको अवस्थामा सेनाले धपाउन पाँच राउन्ड हवाइ फायर गरेको थियो । इलाका प्रहरी कार्यालय दिव्यनगर र खड्गदल गण मेघौलीबाट गएको नेपाली सेनाको टोलीले शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस्नेतको टाउको र छातीको भाग बाघले खाइसकेको अवस्थामा शव भेटिएको हो ।

बाघले आक्रमण गरेको ठाउँभन्दा ३०० मिटर पर बस्नेतको शव भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =