सेञ्चुरी बैंकले धनगढीको किसान समूहलाई सहयोग गर्ने
२०७९ असार १ गते

काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सुदूरपश्चिमको धनगढीको किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जाअन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाइक्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरे ।
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित









