देउवाले राष्ट्र हित विपरीत कुनै सम्झौता गर्दैनन्, बाहिरको हल्लाका पछि नलागौँ : अध्यक्ष नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले स्पष्ट पारेको बताएका छन् ।

बुधवार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधवार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबिच भएको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको हित विपरीत कुनै पनि सम्झौता नगर्ने बताएको जानकारी दिए ।

नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्त्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरू देशले चासो राखेर कसैले भनेपनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।

त्यस्तै, स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर गर्ने कुनै तयार नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाई छ ।

अध्यक्ष नेपालले अहिले सबैको गतिविधिहरूलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखे ।

उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका विषयमा आवश्यक छलफल गर्न तयार रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =