हेटाैंडाकाे कार्यक्रमलाई बालेनले किन भने ‘काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रम’ ?

चितवन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह दुई दिन हुने हेटौँडाको एउटा कार्यक्रम बीचमै छोडेर निस्केका छन् ।

वाग्मती प्रदेश सरकारको आयोजनामा हेटौंडामा भएको स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रम मेयर बालेन शाह र उपमेयर सनिता डंगोल पुगेका थिए ।

हेटौँडाको कार्यक्रम नसकिँदै मेयर शाह र उपमेयर डंगोलले काठमाडौँ फर्किसकेका छन् । अभिमुखीकरण दुई दिनको भए पनि मेयर शाह पहिलो दिनको सत्रहरुमा पनि बसेनन् ।

काठमाडौं फर्केपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘वाग्मती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुसी लाग्यो ।’

वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्यमा फोहरको विषयलाई लिएर बालेनप्रति असन्तुष्टि जनाएपछि उनी कार्यक्रममा सहभागी नभई काठमाडौँ फर्किएको स्रोतको भनाइ छ ।

अभिमुखीकरण कार्यक्रममा मन्त्री जम्मकट्टेलले काठमाडौँको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =