चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु
२०७९ जेठ ३१ गते

फाइल फोटो
पोखरा । तनहुँमा चितुवाको आक्रमणबाट पुनः एक बालकको मृत्यु भएको छ । वन्दीपुर गाउँपालिका १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट ५ वर्षीय सुप्रिय रिमालीको मृत्यु भएको हो ।
घरमा खेलिरहेको अवस्थामा चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ । चितुवाले उनलाई बोकेर लगेपछि स्थानीयले खोजी गर्ने क्रममा शव २ सय मिटर माथी जंगलमा फेला परेको हो ।
बन्दीपुर क्षेत्रमा अहिले चितुवा आक्रमण अत्यधिक बढेको छ । केहीदिन अघि २ बालबालिका माथी आक्रमण गरेर घाइते बनाएको थियो ।
२०७४ को फागुनदेखि हालसम्म ११ बालबालिकाको मृत्यु भैसकेको छ । धेरै पटक चितुवा नियन्त्रण लिने प्रयास गरेपनि सफल भएको छैन ।
२०७९ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित









