माओवादीले अहिल्यै मन्त्री नफेर्ने

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मन्त्री नफेर्ने भएको छ । यसबारे पार्टीमा छलफल नै नभएको प्रष्टोक्ति दिँदै पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले यस्तो बताएका हुन् ।

मकालुखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अरू दलले फेर्‍यो भन्दैमा माओवादी केन्द्रले पनि मन्त्री फेर्नैपर्छ भन्ने छैन । माओवादी केन्द्रले अहिल्यै मन्त्री फेर्दैन । नेतृत्व त्यही अडिग हुनुहुन्छ ।’

यसअघि सत्ता साझेदार दल एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि अन्य सत्ता साझेदार दलमा पनि मन्त्री फेर्ने दबाब बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =