जग्गा विवादमा कुटपिट हुँदा एकको मृत्यु

काठमाडौँ । जग्गाको नाप नक्साको विषयमा कुटपिट हुँदा बाराको आदर्श कोतवाल गाउँपालिका–६ मा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार छिमेकी रामप्रवेश महतो र किशोरी कुसवाहाका परिवार तथा मृतकका परिवारबीच जग्गाको विषयमा भएको झगडाले कुटपिटको रूप लिँदा रामप्रवेश पक्षधरले कुसवाहालाई कुटपिट गरेका हुन् । कुटपिटका कारण सख्त घाइते उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

कुटपिटमा संलग्न किशोरी र रामप्रवेशलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी प्रवक्ता थापाले बताए । मृत्यु हुने ६३ वर्षीय प्रभुप्रसाद कुसवाहा अवकाश प्राप्त रेन्जर हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *