सैनिक प्रतिष्ठानमा अधिकृत क्याडेट तालिम समापन, सहभागीद्वारा कवाज प्रदर्शनी (तस्वीरहरू)

काठमाडौँ ।  नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा आज सोमबार अधिकृत क्याडेट तालिम समापन भएको छ । सो अवसरमा सहभागीहरूले कवाज प्रदर्शन गरेका छन् ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठानमा आज सि.सं. ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम समापन भएको हो । तालिमको अन्तिम दिन आज तालिममा सहभागीहरूबाट कवाज प्रदर्शनी गरिएको हो । समापन समारोहका अवसरमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले तालिममा सहभागी भई उत्तीर्ण हुने सैनिकलाई बधाई दिनुका साथै शुभकामना मन्तव्यसमेत व्यक्त गरेका छन् ।

तालिममा सहभागी भई उत्कृष्ट हुनेलाई प्रधान सेनापति शर्मा स्वयंले फुली लगाइदिएका छन् भने अन्य उत्तीर्ण हुने सैनिकलाई परिवारले फुली लगाइदिएका छन् । चलनअनुसार उत्तीर्ण हुने सैनिकलाई परिवारले सगुनका रूपमा दही समेत खुवाएका छन् ।

तस्वीरहरूः



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *