फुस्रेखोलाले बगाउँदा पोखरामा १ जना बेपत्ता

पोखरा । पोखराको पश्चिमी भागबाट बग्ने फुस्रे खोलाले बगाउँदा एकजना वेपत्ता भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका ७ का पूर्ण गुरुङ पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

उनी पौडी खेल्न साथीहरूसँग पोखरा १७ दोविल्ला पुगेका थिए । पौडी खेल्दै गर्दा उनलाई खोलाले बगाएको हो ।

गुरुङसहित सात जना पौडी खेल्न गएको प्रहरीले जनाएको छ । साथीहरूले खवर गरेपछि प्रहरी टोलीले खोजी सुरु गरेको छ ।

नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयले खोजी थालेको कास्कीका प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =