पल शाह मुद्दाकाे बहस सकियाे, केहीबेरमा आदेश आउने

पाेखरा । नाबालिग बलात्कारका आराेपी पल शाहकाे पुनरावेदन निवेदनमाथि उच्च अदालत पाेखरामा भइरहेकाे बहस सकिएकाे छ ।

जिल्ला अदालत तनहुँ र नवरपुरले पुर्पक्षका लागि थुनामा पठाएका पलले धराैटीमा छाेड्न माग गर्दै उच्च अदालत पाेखरामा पुनरावेदन दिएका थिए ।

उच्च अदालतका न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा भइरहेकाे सुनुवाइ बहस सकिएकाे हाे ।

बहस सकिएसँगै आजै आदेश आउने उच्च अदालत पाेखराका सूचना अधिकारी एवं उप रजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =