जहाज दुर्घटनाका मृतकको शव काठमाडौँ ल्याइने

काठमाडौँ । तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौँ ल्याइने भएको हो ।

सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णकाअनुसार दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी छ । सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेको छ ।

चालक दलका तीनसहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =