घटनास्थल पुग्यो सेना र प्रहरी

पोखरा । नेपाली सेनाको टोली भर्खरै घटनास्थल पुगेको छ । मौसमको खराबीका कारण हेलिकोप्टर समेत उड्न नसकेपछि केही सेनाहरू पैदलमार्फत गएका छन् । सेना, प्रहरी र स्थानीयको सहायताले अहिले शव संकलन भइरहेको छ ।

अझै हेलिकोप्टर लैजाने प्रयास भइरहेको नेपाली सेना विजयपुरका जनसम्पर्क अधिकृत प्रेम पौडेलले जानकारी दिए । ‘मौसम खुलेको छैन । हाम्रो एक टोली पुगेर साइट बनाइरहेको छ,’ उनले भने, ‘शव संकलन भइरहेको छ ।’

उनकाअनुसार हेलिकोप्टरमार्फत १ सेना र १ जना प्रहरीलाई त्यहाँ छोडिएको छ । शव काठमाडौँ लैजाने भनिएपनि पहिलो चरणमा कोवाङ झारिसकेपछि मात्रै निर्णय गरिने पौडेलले बताए ।

जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाईन ९ एन-एइटी भएको ट्विनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =