ताराको जहाज खोज्ने सेना र प्रहरीको प्रयास जारी (तस्बिरहरू)
२०७९ जेठ १६ गते

काठमाडौँ । तारा एयरको टुइनअटर खोज्न नेपाली सेना र प्रहरीको टोली बिहानैदेखि खटिएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन टुइनअटर खोज्न आज बिहानदेखि सेना र प्रहरीको टोली प्रयासरत रहेको हो ।
जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा टुइनअटर खोज्न गइरहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । जहाज जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनामा परेको आंशका गरिएको छ ।
जोमसोममा नेपाली सेनाको एमआई-१७ र फिसटेलको हेलिकप्टर तथा पोखरामा रहेको एयर डाइनेस्टीको एक र कैलाश एयरका दुई हेलिकप्टर परिचालन गर्ने तयारी छ ।



तस्बिर : सैनिक प्रवक्ताबाट
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित









