ताराको जहाज अझै बेपत्ता : मुस्ताङको लार्जुङमा सेना पुग्यो (तस्बिरहरू)
२०७९ जेठ १५ गते

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको हुनसक्ने आशंका सेनाको टोली मुस्ताङको थासाङ गाउँपालिका-२ लार्जुङ पुगेको छ । मुस्ताङको घाँसा पोष्टबाट सेनाको पैदल टोली त्यहाँ पुगेको हो ।

तर दुर्घटना भएको वा नभएको पत्ता लगाउन सकेको छैन । हेलिकोप्टरबाट पनि सैनिक टोली खोजीमा गएको थियो । दुर्घटनाबारे अझै यकिन भएकाले सेनाको टोली पनि अन्यौलता छ ।

सम्भावित क्षेत्रमा खोजी भइरहेको भएपनि हेलिकप्टर भने सराब मौसमका कारण अवतरण हुन सकेको छैन ।

आइतबार बिहान ९:५५ मा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको थियो । विमान मुस्ताङको लेतेको आसपासमा नौलीकोटमा दुर्घटना भएको आशंका गरिएको थियो ।

२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









