पोखरास्थित एक सहकारीमा चोरी
२०७९ जेठ ८ गते

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ सेदीमा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ।
सहकारीबाट २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राइभ चोरी भएको प्रहरीले जनाएको छ। पैसा छोडेर प्राविधिक उपकरण चोरी किन भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।
चोरीमा संलग्नहरूको खोजी भइहरेको प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
२०७९ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित









