करेन्ट लागेर शिखर इन्स्युरेन्सका कर्मचारीको मृत्यु

चितवन । चितवनको भरतपुर १० मा करेन्ट लागेर शिखर इन्स्युरेन्सका महिला कर्मचारीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा रहेको लाइट बोर्ड झिक्ने क्रममा कर्मचारी ३२ वर्षकी सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको हो ।

सोही क्रममा विद्युत् सर्ट भई कार्यालयमा आगलागी भएको थियो । आगलागीबाट कार्यालयमा रहेको कागजात र फर्निचर जलेको प्रहरीको भनाइ छ ।

सोही कार्यालयमा कार्यरत भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा करेन्ट लागेर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, करेन्ट लागेर विद्युत प्राधिकरण भरतपुरका कर्मचारी घाइते भएका छन् ।

भरतपुर ३ कमलनगरस्थित बिजुलीको पोलमा तार जोड्ने क्रममा विद्युत प्राधीकरणका कर्मचारी भरतपुर १० स्याउली बजार बस्ने ४२ वर्षका देवराज खतिवडालाई अचानक करेन्ट लागेको चितवन प्रहरीले जनाएको छ । उनलाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *