काठमाडौँ मेयरमा १८२३७ मतसहित बालेन शाह अगाडि
२०७९ जेठ ४ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन्।
पछिल्लाे जानकारीअनुसार उनी १८२३७ मतसहित शीर्ष स्थानमा रहेकाे छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ९५१७ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने ८५३७ मतसहित सिर्जना सिंह तेस्राे स्थानमा रहेकी छन् ।
बालेन शाह आफ्ना निकटतम प्रतिद्वन्द्वी स्थापितभन्दा ८७२० मतले अघि छन् ।
हाल मतगणना जारी छ ।
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित









