मालिकार्जुनमा एमालेका हिरा विजयी
२०७९ जेठ २ गते

काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । उनी ४ हजार ३४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन् ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








