कांग्रेस केन्द्रीय सहमहामन्त्रीको पालिकामा कांग्रेसको लज्जास्पद हार
२०७९ जेठ २ गते

पोखरा । कास्कीको रुपा गाउँपालिका कांग्रेस केन्द्रीय सहमहामन्त्री जीवन परियारको पालिका हो । त्यसमाथि कास्कीभरिमा बलियो मानिने पालिका । अहिले कांग्रेसले लज्जास्पद हार ब्यहोरेको छ ।
त्यहाँ एमालेका नवराज ओझा र लालसुब्बा गुरुङ दोस्राे कार्यकालका लागि निर्वाचित हुँदै गर्दा कांग्रेसले पकड वडा समेत गुमाएको छ । ओझाले १ हजार ६ सय १२ मतान्तरले चुनाव जितेका छन् ।
ओझाले ५७४९ मत ल्याउँदा कांग्रेसकी गीमाया गुरुङले ४१३७ मत मात्रै पाइन् ।
उपाध्यक्षमा लालसुब्बाले कांग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मतान्तरले हराइन् । गुरुङले ५३३२ मत ल्याउँदा श्रेष्ठले ४१५३ मत पाएका छन् ।
यहाँका ६ वडामा एमालेको प्यानल विजयी भएको छ । यसअघि कांग्रेसले जितेका २ र ७ समेत गुमाएको छ । कांग्रेसले वडा नम्बर १ मा मात्रै प्यानल सहित जितेको हो ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









