डोल्पाको मुड्केचुलामा माओवादीका शाही विजयी
२०७९ जेठ २ गते

सुर्खेत । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन्।
माओवादी केन्द्रका शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायाले एक हजार ३६७ पाएका थिए। उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छन्। एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन्।
यस्तै, वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









