कास्कीको माछापुच्छ्रेमा कांग्रेसका मीनबहादुर विजयी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पारिजित गर्दै मीनबहादुर निर्वाचित भएका हुन् ।

उनले ५ हजार ९ सय ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सीता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजित गरिन् । अधिकारीले ५ हजार २ सय ७५ मत पाउँदा तिवारीले ४ हजार ८ सय ९७ मत पाइन् ।

यहाँका बहुमत वडा समेत कांग्रेसले जितेको छ । ९ वडा रहेको माछापुच्छ्रेको ७ वडा कांग्रेसले जितेको छ भने एउटामा माओवादी तथा एउटामा एमाले विजयी भएको छ । यसअघि यहाँ अध्यक्ष, उपाध्यक्ष र ८ वडा एमालेले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =