एमाले नेता विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी
२०७९ जेठ २ गते

सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवीमा कांग्रेसले एमालेको गढ भत्काएको छ।
सो पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाही ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारी ३३७४ मत ल्याएर विजयी भएकी छन्।
एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएका छन् भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ। एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









