बागलुङको ताराखोलामा बागीलाई हराएर माओवादी विजयी
२०७९ जेठ १ गते

पोखरा । बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गठबन्धन गरेर चुनाव लडेको यहाँ माओवादीका धनबहादुर विक अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाले चुनाव जितेका छन् । पालिका अध्यक्षमा विकले २ हजार २ सय ८५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीकै बागी उम्मेदवार प्रकाश घर्तीलाई १ सय ९५ मतान्तरले हराएका हुन् ।
घर्ती यसअघि पालिका अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उपाध्यक्षमा कांग्रेसका रोका ३ हजार ४ सय ३ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी एमालेका थममाया घर्ती पराजीत भइन् ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









