कास्कीको रुपामा कांग्रेसलाई पछि पार्दै एमाले अगाडी

पोखरा । कास्कीको रुपा गाउँपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् । सुरुदेखि नै अग्रता लिएको कांग्रेसलाई पछि पार्दै एमाले अघि बढेको हो । १, २, ३ वडाका सबै तथा ४ नम्बरको ३ सय मत गणना सकिँदा एमालेका नवराज ओझाले १ हजार ६ सय ७६ मत पाएका छन् ।

कांग्रेसकी गीमाया गुरुङले १ हजार ६ सय ४५ मत पाइन् । उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार अगाडी छन् । कांग्रेसका नारायण श्रेष्ठले १ हजार ७ सय ४ मत पाउँदा एमालेकी लालसुब्बा गुरुङले १ हजार ५ सय ८६ मत पाइन् । वडा तर्फ १ नम्बरमा कांग्रेस प्यानल विजयी भएको छ भने २ र ३ मा एमाले प्यानलले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =