अन्नपूर्ण गाउँपालिकामा एमालेको अग्रता
२०७९ वैशाख ३१ गते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
यसअघि एमालेले नै जितेका दुई वडाको मत गनिरहेको छ । १० र ११ नम्बर वडाको मत गणना जारी छ ।
पहिलो ६ सय मत गन्दा एमाले उम्मेद्वार विष्णु केसी ५ मतले अघि छन् । उनले २ सय ७४ मत ल्याउँदा कांग्रेस उम्मेद्वार युवराज कुवँरले २ सय ६९ मत पाएका छन् ।
अन्नपूर्णको अध्यक्षमा गठबन्धन छैन । कांग्रेसले आफ्नै उम्मेद्वार उठाएको छ भने माओवादीले पनि उम्मे्दवार उठाएको छ ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









