कपिलवस्तुमा असिनापानीले तरकारी सखाप
२०७९ वैशाख ३१ गते

काठमाडाैँ । कपिलवस्तुमा असिना पानीले तरकारी खेतीमा क्षति पुगेको छ ।
केहिदिन अघिको असिना पानी र हावाहुरीले कृषकका तरकारीबालीमा ठूलो क्षति पु¥याएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ लुम्बिनी बहुउदेश्यीय एग्रीकल्चर प्रालि लखनपारामा ठूलो असिना पानीले तरकारी बालीमा ठूलो क्षति पुर्याएको एग्रिकल्चर प्रालिका अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी दिए ।
असिना पानीले करेला, लौका, तरबुजा, खुर्सानी, घिरौला, फर्सि, बोडीलगायत तरकारमा क्षति हुँदा लाखौँको नोक्सानी भएको बताए ।
बिक्रीका लागि तयार भएको १० कठा जमिनको करेला, १५ कठ्ठामा तरबुजा ,१५ कठ्ठा फर्सि, ५ कठामा घिरौला, र १० कठामा लगाइएको बोडी पूर्णरुपमा नष्ट हुर्दा २५ लाख बराबरको मुल्यको क्षति भएको उनले बताए ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









