कानेपोखरीमा इङनामको अग्रता कायम
२०७९ वैशाख ३१ गते

विराटनगर । मोरङको कानेपोखरीमा एमालेले निरन्तर अग्रता कायम गर्दै गएको छ । मोरङको दुई पालिका मध्ये कानेपोखरीमा महिला प्रमुखमा उठाएको एमालेकी राजमती इङ्नामले अग्रता काम गर्दै गएकी हुन् ।
३९०० मत गणना हुँदा इङनामले १ हजार ६०३ मत प्राप्त गरेकी छिन् । इङ्नामलाई नेपाली कांग्रेसका सञ्जय भट्टराईले पिछा गरिरहेका छन् । उनले १ हजार ११२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, माओवादी केन्द्रका सुर्यबहादुर धिमालले ७१३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै उपप्रमुमा पनि एमालेका भोलाप्रसाद अधिकारीले अग्रता कायम राखेका छन् ।
उनले १ हजार ६८५ मत ल्याउँदा नेपाली कांग्रेसकी मनकुमारी गुरुङ १ हजार ३०६ मत ल्याएकी छन् । माओवादीका तारा ओझाले ३९९ मत ल्याएकी छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









