मुस्ताङको लोमान्थाङमा पहिलोपटक एमालेको इन्ट्री

पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वारहरू विजयी भएका छन् ।

अध्यक्ष, उपाध्यक्ष र ३ वडाध्यक्ष एमालेले जितेको हो । यसअघि सेटै कांग्रेसले जितेको यहाँ अहिले २ वडाध्यक्षमा घुम्चिएको छ ।

अध्यक्षमा एमालेका टसी गुरुङले ६ सय ६८ मत ल्याएर विजयी हुँदा कांग्रेसका टसीनुर्वु गुरुङले ५ सय १४ मत पाए ।

उपाध्यक्षमा छिमि विष्टले ६ सय ३२ मत पाइन् भने कांग्रेसकी छिरिङ ढोका गुरुङले ५ य ३८ मत पाइन् । वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको हो भने, २, ३ र ४ मा एमालेले जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =