धरानमा गठबन्धनको अग्रता, स्वतन्त्रले टक्कर दिँदै
२०७९ वैशाख ३१ गते

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ। ३०० मत गणना हुँदा गठबन्धनका उम्मेदवार किशोर राईले अग्रता लिएका छन् ।
कांग्रेसका राईले ११६ मत प्राप्त गरेका छन् भने मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ६१ मत प्राप्त गरे । एमालेकी मन्जु भण्डारीले ६१ मत प्राप्त गरिन् ।
यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १२५ मत ल्याए भने एमालेका पदम लिम्बूले ६७ मत ल्याएर उनलाई पछ्याएका छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









