मोरङका ११ पालिकामा मतगणना सुरु
२०७९ वैशाख ३१ गते

काठमाडाैँ । मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ ।
मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।
यसैगरी जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा पनि मतगणना सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतगणना भने केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए । विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकामा ८९ हजार ६७८ (६७ दशमलब ३५ प्रतिशत) मतदान भएको थियो ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









