कानेपोखरीमा एमालेको अग्रता कायम

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा एमालेले अग्रता कायम राखेको छ । एमालेकी राजमती इङ्नामले अग्रता कायम गरेकी छिन् ।

चौथो नतिजा सार्वजनिक हुँदै गर्दा उनले ८३६ मत प्राप्त गरेकी छिन् । कांग्रेसका सञ्जय भट्टराईले ५४६ र माओवादीका सूर्य धिमालले ३६८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका भोला अधिकारीले ८७५ मत प्राप्त गरेका छन् भने कांग्रेसकी मनकुमारी गुरुङले ६३६ मत प्राप्त गर्दै अधिकारीलाई पछ्याउँदै छिन् । माओवादीकी तारा ओझाले २०५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =