पालुङटारमा जसपाको अग्रता
२०७९ वैशाख ३१ गते

पोखरा । निकै चर्चामा रहेको गोरखाको पालुङटार नगरपालिकामा पहिलो ७ सय मत गन्दा जसपाका उम्मेदवार अगाडी छन् । वडा नम्बर १ बाट सुरु भएको गणना अनुसार नगरप्रमुखमा जसपाका प्रेम गुरुङले २५५ मत पाए भने कांग्रेसका दीपक कँडेलले १९१ मत पाए ।
उपप्रमुखमा कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ र माओवादी केन्द्रले १६९ मत पाएको छ । वडाध्यक्षमा जसपाको २५४ मा मत छ भने कांग्रेसको १८७ मत आएको छ । माओवादी केन्द्रको १६० मत आएको खबर छ ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









