लालिगुराँस नगरपालिकामा कांग्रेसलाई अग्रता, एमाले दोस्रोमा
२०७९ वैशाख ३१ गते

काठमाडौँ । तेह्रथुमको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ १२० मतसहित अगाडि छन् ।
त्यहाँ एमालेका गणेशकुमार लिम्बूले ६३ तथा माओवादी केन्द्रका होमराज रायामाझीले १४ मत ल्याएका छन् । उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









