सोलुखुम्बुको सोताङ र महाकुलुङमा कांग्रेसको अग्रता

काठमाडौँ । सोलुखुम्बुका दुई पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । जिल्लाका ८ वटा स्थानीय तहमध्ये २ पालिकाको मतगणना गर्दा कांग्रेसले सुरुवाती अग्रता लिएको हो ।

महाकुलुङ गाउँपालिकामा ३०० मत गन्दा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सूर्य कुलुङले १२४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार सागर किरातीले १०८ र नेकपा एमालेका उम्मेदवार भक्त राईले ४९ मत प्राप्त गरेका छन् ।

सोतङ गाउँपालिकामा पनि ३०० मत गन्दा कांग्रेस नै अगाडि देखिएको छ । कांग्रेसका उम्मेदवार खिलराज बस्नेतले १४९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश कार्कीले ९० मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार दिपक खड्काले ५१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =