म्याग्दीमा ६६ प्रतिशत मत खस्यो
२०७९ वैशाख ३० गते

पोखरा । म्याग्दीमा ६६ प्रतिशत भन्दा बढी मत खसेको छ।
म्याग्दीका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आज रातभर मतपेटिका बटुलेर विहानैदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। जिल्लाभर ६६.२३ मत खसेको तथ्यांक छ।
सबै पालिकामा ५६ हजार ५ सय ४३ मत खसेको बताइएको छ। जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना मतदाता छन्। बाँकी मत बैदेशिक रोजगार, बाहिरी जिल्लामा बसाईसराई लगायत कारणले खस्न नसकेको बताइन्छ। जिल्लामा यसपालि ७४ वटा मतदानस्थल र १ सय १४ वटा मतदान केन्द्र तोकिएको थियो।
६ पालिका र ४५ वटा वडा रहेको म्याग्दीमा जनप्रतिनिधि बन्न २ सय ३७ पदको लागि ७ सय १८ जनाले उम्मेद्वारी दिएका छन्।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









