कास्कीमा वर्षाकै बीच भिज्दै भिजाउँदै मतपेटिका सङ्कलन
२०७९ वैशाख ३० गते

पोखरा । अहिले पोखरामा वर्षा भइरहेको छ। महानगरसहित ५ वटा पालिकाको मतपेटिका संकलन जारी छ।
पानी परिरहेका कारण मतपेटिकाहरू भिजेका छन्। मतपत्र भिज्न नदिन प्लाष्टिकले बेरिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए। उनले भने, ‘दिनभरि पानी परेन, यही ठूलो कुरा भयो। मत खसालिसकेको मतपेटिका जसरी पनि सुरक्षित हुन्छन्। मतपेटिकामा प्लाष्टिकले बेरिएको छ। गाडीमा नभिज्ने गरी ल्याइएको छ।’
पोखराका करिब सबै ठाउँबाट मतपेटिका संकलन हुने क्रममा छ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









